२७ फाल्गुन २०८२, बुधबार
आज सुनचाँदीको मूल्य बढेको छ । बजारमा शुक्रबारको तुलनामा आइतबार सुन १ सय र चाँदी १० रुपैयाँले बढेको हो ।
बजारमा आज छापावाला सुन प्रतितोला ५९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


त्यस्तै, तेजावी सुन प्रतितोला ५८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
चाँदी आज प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।