होटलमा ग्याँस लिक भई आगलागीः लाखौ क्षति

होमल्याण्ड खबर

२०७६ बैशाख २५ गते, बुधबार १२:२२ मा प्रकाशित

झापाको दमक नगरपालिका—४ धरधरे पुल नजिकै होटलमा आगलागी हुँदा अन्दाजी ३ लाख मूल्य बराबरको क्षति भएको छ ।

मंगलबार श्याम दाहालले संचालन गरेको होटलमा ग्याँस लिक भई दाहालको टिनको छानो भएको ११ कोठे होटलमा आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट भएको हो ।

नजिकै रहेको उल्स चमेना गृह (होटल) निजको किराना पसल, घर भित्र रहेको लत्ताकपडा, भाडावर्तन, २ वटा बाख्रा, २ वटा खरायो, १३ वटा कुखुरा जलेर नष्ट भएको हो ।

राती सवा ९ बजे भएको उक्त आगलागी इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोली दमकल र स्थानीयवासीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएकोे छ ।