१३ मंसिर २०८१, बिहीबार
कपिलवस्तुस्थित नेपाल भारत सीमा नाका बन्द हुने भएको छ । भारतमा हुने लोकसभा चुनावका कारण शुक्रबार बिहान ७ बजेदेखि आइतबार साँझ ५ बजेसम्म सीमा नाका बन्द हुने भएको हो ।
भारतको उत्तर प्रदेश राज्य सिद्धार्थनगर जिल्लामा हुने निर्वाचन सुरक्षालाई ध्यानमा राखी दुई देशका अधिकारीबीच भएको सहमतिअनुसार नाका बन्द गर्न लागिएको कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले जानकारी दिए ।
नाका बन्द हुँदा बिरामी बोकेका एम्बुलेन्स र अत्यावश्यक काममा दुवै देशका सुरक्षाकर्मीको समन्वय गरी आवतजावत गर्नेबाहेक अन्य ओसारपसार तथा आवतजावत बन्द गरिनेछ ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय कपिलवस्तुका सशस्त्र प्रहरी उपरीक्षक दीपक अधिकारीका अनुसार नाकामा हुने कुनै पनि अवैध गतिविधि हुन नदिन नेपाल भारतका सुरक्षा अवस्था कडा पारिने छ ।