साझाले काठमाडौंमा थप २० बस चलाउने

होमल्याण्ड खबर

२०७६ बैशाख २७ गते, शुक्रबार १५:४४ मा प्रकाशित

साझा यातायातले काठमाडौंमा थप २० बस चलाउने भएको छ ।

साझा यातायातसहित काठमाडौं तथा ललितपुर महानगर महानगरपालिकाको लगानीमा ल्याइएका उक्त बसहरु काठमाडौंका विभिन्न ठाउँहरुमा चल्ने छन् । यी बसहरु केही हप्ताभित्रै काठमाडौंमा चल्न सुरु गर्ने साझा यातायातले जनाएको छ ।

साझाका यी बस किन्न काठमाडौं महानगरपालिकाको ५ करोड र ललितपुर महानगरपालिकाको १ करोड रुपैयाँ सेयर लगानी रहेको छ ।

साझाका अनुसार काठमाडौंको सहरी यातायात व्यवस्थित बनाउन यस्ता ठूला बसको आवश्यकता भएकाले थप बस ल्याइएको हो । यी सबै बस अन्तर्राष्ट्रिय युरो—४ मापदण्ड अनुरुपका अपांगमैत्री भएको साझाले जनाएको छ ।

जम्मा ४० सिट रहने उक्त बस शारीरिक रुपमा अशक्त रहेका व्यक्तिका लागि बसको पछिल्तिरको ढोकाबाट ह्विलचेयरसमेत राख्न र निकाल्न मिल्ने गरी निर्माण गरिएको छ ।