१ मंसिर २०८१, शनिबार
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खांणले सरकारलाई मौलिक हकलाई कुण्ठीत गरेको आरोप लाएका छन् ।
सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७६/७७ को प्रि–बजेटमाथि आलोचना गर्दै खांणले सरकारले मौलिक हक अनुसार जनतालाई सुविधा दिने कुरामा गम्भीर नभएको बताएका छन् ।
उनले भने, “सरकारले मौलिक हकलाई प्राथमिकता दिने ठाँउमा कुण्ठीत गर्यो, कानुन ल्याउदा मौलिक अधिकारलाई कुण्ठीत गर्ने ? प्रेस स्वतन्त्रतालाई कुण्ठीत गर्ने ? मौलिक हकलाई विषेश अधिकारमा राखेर प्रि–बजेटमा राखियोस् । ”
उनले मौलिक हकमा पर्ने सम्पुर्ण अधिकार, शिक्षा, स्वास्थ्य, महिला, बालबालिका तथा वृद्धको अधिकारलाई सुनिश्चित गरी प्रि–बजेट कार्यन्वयन गर्नुपर्ने बताएका छन् ।