१० मंसिर २०८१, सोमबार
ग्लोबल आईएमई बैंकले विभिन्न जिल्लामा थप ६ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले रोल्पाको सुनिल स्मृति गाउँपालिका(७ कैलालीको बर्दगोरीया गाउँपालिका(४, मुढा बजार, बाग्लुङ्गको बाग्लुङ्ग नगरपालिका(१४ र काठेखोला गाउँपालिका (७, रेश नुन्थलामा, सिराहाको अर्नामा गाउँपालिका( ३, पाल्पाको पुर्वखोला गाउँपालिका( ४, बैंकिङ सेवा सुरुवात गरेको छ ।
छवटै शाखारहित बैंकिङ सेवा स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवि तथा स्थानीयबासीको रोहबरमा उद्घाटन भएका छन् ।
शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय प्रतिनिधि मार्फत बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिसहोम, सिडिएमए, युटिएल, एनटिसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका सेवा लिन सक्नेछन् ।