१० मंसिर २०८१, सोमबार
बुद्ध एयरले सोमबारबाट भारतको कोलकाता उडान गर्ने भएको छ । कोलकाताको उडान सोमबार बिहान ८ बजे हुनेछ । तर जुलाईदेखि भने समय अगाडि सारेर सात बजे उडान गर्ने बुद्ध एयरले जनाएको छ । हाललाई बुद्ध एयरको एटिआर ७२ ले कोलकाताको उडान भर्नेछ । कोलकाताबाट आउने र जाने दुबै तर्फ यात्रुहरु भरिएका छन् ।
बुद्धले कलकता जाने र आउने भाडा प्रतिव्यक्ति २२ हजार रुपैयाँ निर्धारण गरेको छ । बुद्ध एयरका प्रवन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेतले अगस्ट तीनबाट गुहावटीपनि उडान गर्ने तयारी भइरहेको बताए ।
गुहावटी उडानका लागि भारतले बुद्ध एयरलाई सैद्धान्तिक अनुमति दिइसकेको छ । सेप्टेम्बर १ देखि बुद्ध एयरले दैनिक ५ उडान भर्नेछ । ५५ उडान मध्यको एक कोलकाता उडान पनि हो ।
कोलकाता र गुहावटी उडानको मूल्यांकन अक्टोबर अन्तिममा गरिने र सफल भयो की भएन भन्ने मूल्यांकनबाट सफल भएमा उडानलाई निरन्तरता दिने उनले बताए ।