९ बैशाख २०८२, मंगलवार
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा न. ६ स्थित राष्ट्रिय वाणिज्य बैक लिमिटेडको शाखा कार्यालय उद्घाटन गरेका छन् । यो समेत बैंकको शाखा कार्यालयको संख्या २१९ पुगेको छ । उक्त शाखाको कारोबार भने गत बैशाख ३० गतेबाट संचालन भएको थियो ।
सो समारोहमा प्रमुख अतिथि राईले प्रदेश नम्बर १ का दूरदराजमा राष्ट्रिय वाणिज्य बैंकले शाखा खोलेर जनतालाई बैंकिङ्ग सेवा दिन सबैभन्दा अगाडि हुनुपर्ने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले रावा बैंकले संघीय एवं प्रदेश सरकार संग समन्वयन गरी दिगो आर्थिक विकासको लागि शहरी तथा ग्रामिण क्षेत्रमा प्राथमिकताका साथ शाखा खोली वित्तीय पहुँच विस्तार गरिने वताए ।