१३ मंसिर २०८१, बिहीबार
यस आर्थिक वर्ष २०७६/७७ को बजेट जेठ १५ गते प्रस्तुत हुने भएको छ ।
सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेट जेठ १५ गते अपरान्ह ४ बजे संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा पेश गर्ने जानकारी गराएका हुन् ।
बजेट प्रस्तुत हुने दिन सांसदलाई अपरान्ह ३:४५ बजेभित्र सभाहलमा प्रवेश गरीसक्न आग्रह समेत गरे ।
संविधानको धारा ११९ अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा जेठ १५ गते बजेट प्रस्तुत गर्ने उल्लेख छ ।