वृद्धभत्ता प्रति महिना तीन हजार पुग्योः अर्थमन्त्री खतिवडा

होमल्याण्ड खबर

२०७६ जेष्ठ १५ गते, बुधबार १६:४८ मा प्रकाशित

अर्थमन्त्री डा. युवराज खतिवडाले २०७६।७७ को बजेट भाषणमा वृद्धभत्ता प्रति महिना तीन हजार पुगेको बताएका छन् ।

जेठ १५ गते बुधबारका दिन संसदमा बजेट भाषण गर्दै अर्थमन्त्री खतिवडाले देशभर रहेका ७० वर्ष नाघेका वृद्धहरुलाई प्रति महिना तीन हजार वितरण गरिने बताएका छन् ।

राणा शासनको अन्त्यपश्चात् विक्रम सम्वत् २००८ सालमा तत्कालीन अर्थमन्त्री सुवर्ण सम्शेर राणाले ५ करोड २५ लाख २९ हजार रूपैयाँको नेपालको पहिलो बजेट पेश गरेका थिए।

त्यसपछिका सरकारहरूले हरेक आर्थिक वर्षका लागि बजेट भाषणमार्फत् बजेटको घोषणा गर्दै आएका छन्।