आर्थिक वर्ष २०७६।७७मा उर्जामा बजेट घट्यो

होमल्याण्ड खबर

२०७६ जेष्ठ १५ गते, बुधबार १७:५० मा प्रकाशित

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६।७७ मा गत आर्थिक वर्षको तुलनामा यसवर्ष उर्जामा बजेट घटाएका छन् ।

जेठ १५ गते बुधबारका दिन संसदमा बजेट भाषण गर्दै अर्थमन्त्री खतिवडाले ८३ अर्ब ४९ करोड रकम छुट्याएका छन् जुन गत वर्षको तुलनामा न्युन रहेको छ ।

राणा शासनको अन्त्यपश्चात् विक्रम सम्वत् २००८ सालमा तत्कालीन अर्थमन्त्री सुवर्ण सम्शेर राणाले ५ करोड २५ लाख २९ हजार रूपैयाँको नेपालको पहिलो बजेट पेश गरेका थिए।

नेपालमा पहिलोपटक संसदमा बजेट प्रस्तुत गरिएको जनमूखी बजेट त्यही थियो ।

राणाकालका बजेट पारिवारिक हुने गर्दथे ।

पहिलो बजेट अर्थमन्त्री राणाले २००७ फागुन महिनादेखि वि.सं.२००८ माघ महिनासम्मको अनुमानित आय–व्ययको विवरण माघ २१ गते प्रस्तुत गरेका थिए ।

त्यसपछिका सरकारहरूले हरेक आर्थिक वर्षका लागि बजेट भाषणमार्फत् बजेटको घोषणा गर्दै आएका छन्।