काठमाडौंमा रात्रिकालीन सम्पदा यात्रा सञ्चालन गरिने

होमल्याण्ड खबर

२०७६ जेष्ठ १६ गते, बिहीबार १२:४४ मा प्रकाशित

सरकारले रात्रिकालीन काठमाडौं उपत्यका सम्पदा यात्रा सञ्चालन गर्ने भएको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले काठमाडौं उपत्यकाको मौलिक संस्कृति, परम्परा र सङ्गीतको अवलोकन गर्नका लागि रात्रिकालीन सम्पदा यात्रा सञ्चालन गरिने बताएका हुन् ।

आर्थिक वर्ष २०७६/०७७ का लागि बजेट प्रस्तुत गर्दै उनले पशुपति क्षेत्र विकास कोषका लागि ३५ करोड बजेट छुट्याइएको बताएका छन् ।

यसैगरी कीर्तिपुरस्थित जातीय संग्रालयलाई नेपालको परम्परा, भाषा, संस्कृति र रीतिरिवाज झल्काउने गरी राष्ट्रिय संस्कृतिक संग्रालयका रुपमा विकास गर्न पूर्वाधार निर्माणका लागि बजेट छुट्याइएको छ ।

साहित्यकार र कलाकारको वृत्ति विकासमा पनि सरकारले ध्यान दिने भएको छ ।

सम्पदा यात्रा लगाएत सरकारले भूकम्पका कारण क्षति पुगेका सबै सम्पदाको पुनः निर्माण आगामी दुई वर्षमा सक्ने पनि बताएको छ ।