१ मंसिर २०८१, शनिबार
संसदमा जेठ २७ गतेबाट आर्थिक वर्ष २०७६/७७ को बजेटमा मन्त्रालयगत शीर्षकमा छलफल हुने भएको छ। प्रतिनिधिसभामा विनियोजन विधेयकका शीर्षकमाथिको छलफल जेठ २७ देखि असार ६ गतेसम्म हुने संसद् सचिवालयले जनाएको छ ।
संसद्मा प्रस्तुत भएको वार्षिक बजेटमाथि १९ गतेदेखि तीन दिन छलफल गर्ने र छलफलमा उठेका प्रश्नको जवाफ अर्थमन्त्रीले दिएपछि विनियोजन विधेयकका शीर्षकमाथि छलफल सुरु हुनेछ ।
विनियोजन विधेयकका शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ भने सम्बन्धित मन्त्रालयका मन्त्रीले दिनेछन् । छलफलमा उठेका प्रश्नको जबाफ सम्बन्धित मन्त्रीले दिएपछि विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुनेछ ।
प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित भएपछि राष्ट्रियसभामा पठाइने छ । राष्ट्रियसभामा विनियोजन विधेयक प्राप्त भएपछि मात्र राष्ट्रियसभाले विनियोजन विधेयकका विभिन्न शीर्षकमाथिको छलफल सुरु गर्नेछ । विनियोजन विधेयक राष्ट्रियसभाले पारित गरेपछि प्रतिनिधिधिसभामा पुनः पठाइनेछ । अर्थमन्त्री डा युवराज खतिवडाले जेठ १५ गते १५ खर्ब ३२ अर्ब ९६ करोडको बजेट संघीय संसदमा पेश गरेका थिए ।