हँचुवाको भरमा बजेट ल्याइयोः सांसद रिजाल

होमल्याण्ड खबर

२०७६ जेष्ठ १९ गते, आईतवार १२:५७ मा प्रकाशित

कांग्रेस सांसद मिनेन्द्र रिजालले यो वजेटमा निश्चित तयारी नदेखिएको दावी गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले हँचुवाको भरमा बजेट ल्याइएको आरोप लागाए । उनले यस बजेटबाट आफुहरु असन्तष्ट रहेको बताएका छन् । उनले यस्तो बजेटबाट अर्थतन्त्र व्यवस्थापन धरापमा जाने बताए ।

कार्यक्रममा बोल्दै उनले भने, ‘संघ प्रदेश र स्थानीय तहमा पुँजीगत खर्च न्यून छ। अर्थमन्त्रीले अहिले त प्रस्तावमै गर्नुभएको छ । विकास खर्च अघिल्लो वर्ष जति पनि जाँदैन । यसले संघीयताको मर्म मार्ने काम गर्यो।’ साथै उनले पूर्वाधार विकास कोष संघीयताको मर्म र भाव विपरीत भएको दावी गरे ।

उनले भने, ‘प्रधानमन्त्री र मेरो क्षेत्र खोला वारिपारि हो। प्रमको निर्वाचन क्षेत्रमा खर्च हुने आधा रकम मात्र मेरो क्षेत्रमा खर्च गरे मलाई पूर्वाधार विकास कोषको रकम चाहिन्नँ। दूरदराजका सांसद र बलशालीको क्षेत्रमा खर्च हुने रकमको खर्च देखाइदिनुस् । न्यायिक रूपले खर्च वितरण गरेमा सत्तापक्ष वा प्रतिपक्ष दुवैले पूर्वाधार विकासको रकम माग्दैनन् ।’
उनले भने, ‘अर्थमन्त्रीले न्यायसहितको विकास हुन्छ भन्नुभयो तर विश्वास गर्ने आधार देखिँदैन । अघिल्लो वर्ष २१ प्रतिशत र यो वर्ष २७ प्रतिशतले आर्थिक वृद्धिदर हुन्छ भन्नु भयो तर त्यो विश्वास टुट्यो ।’
रिजालले यो बजेटबाट आफु असन्तष्ट रहेको स्पस्ट पारे ।