काठमाडौंको बल्खु र दाङको लमहीमा पनि प्रभुका नयाँ शाखा

होमल्याण्ड खबर

२०७६ जेष्ठ २१ गते, मंगलवार १४:०१ मा प्रकाशित

प्रभु बैंकले दुईवटा नयाँ शाखा खोलेको छ । बैंकले काठमाडौंको बल्खु र दाङको लमहीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
बैंकको बल्खु शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले गरे । त्यसैगरी लमही शाखाको उद्घाटन नगरपालिकाका मेयर कुलबहादुर केसीले गरे ।