१० मंसिर २०८१, सोमबार
कामना सेवा विकास बैंकले काठमाडौंको ठमेलमा ८७ शाखा विस्तार गरेको छ । शाखाको उद्घाटन बैंकका अध्यक्ष सुदीप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा गरे ।
कार्यक्रममा बैंकका संस्थापक कृष्ण आचार्य तथा सञ्चालक चतुराखर अधिकारीले बैंकले द्रूतगतिमा शाखा तथा कारोबार विस्तार गरेकोमा बैंक हरेक दृष्टिले अब्बल बन्नुपर्ने धारणा राखे भने प्रमुख कार्यकारी अधिकृत बस्नेतले बैंकको जानकारीसँगै भावी योजनाबारे बताए ।