धनुषाको ढल्केबरमा सिभिल बैंकको शाखा विस्तार

होमल्याण्ड खबर

२०७६ जेष्ठ २७ गते, सोमबार ११:४५ मा प्रकाशित

“समृद्धिको लागि सिभिल बैंक” भन्ने नाराका साथ अघि बढेको सिभिल बैंकले धनुषाको ढल्केबरमा पनि शाखा सञ्‍चालनमा ल्याएको छ । शाखाको उद्घाटन मिथिला नगरपालिकाका मेयर हरि नारायण महतोले गरेका हुन् ।

शाखा उद्घाटन मेयर हरि नारायण महतो, सिभिल बैंक प्रदेश नं २ का प्रदेश प्रमुख दिपक कुमार श्रेष्ठलगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्व, उद्योगी, व्यवसायी तथा सर्वसाधरणको उपस्थिति रहेको थियो । 

कार्यक्रममा मेयर हरि नारायण महतोले ढल्केबरको बढ्दो आर्थिक गतिविधिसँगै सिभिल बैंकले पनि आफ्नो शाखा उक्त क्षेत्रमा विस्तार गरेकोमा खुशी व्यक्त गरे  ।

कार्यक्रममा बैंकका प्रदेश नं २ का प्रदेश प्रमुख दिपक कुमार श्रेष्ठले बैंकको सेवा, सुविधालाई परिस्कृत र पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्धि गर्दै जाने बताए ।