१४ मंसिर २०८१, शुक्रबार
प्रदेश १ सरकारले डेंगुका बिरामीको निःशुल्क उपचार गर्ने भएको छ । प्रदेशसभा बैठकमा सोमबार नीति तथा कार्यक्रममाथि जवाफ दिँदै मुख्यमन्त्री शेरधन राईले धरानका डेंगु पीडितको निशुल्क उपचारका लागि सरकारले ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।
मुख्यमन्त्री राईले भने,‘‘बिरामीको तत्काल उपचारका लागि ५० लाख र प्रकोप नियन्त्रणका लागि छुट्टै ३० लाख रुपैयाँ बजेट छुट्याई सकेका छौं ।’’ राईले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दुई वटा भेन्टिलेटरसमेत हस्तान्तरण गरिने बताए ।
प्रदेश सरकार धरानमा फैलिएको
डेंगुरोगको प्रकोपबारे जानकार र
गम्भीर रहेको बताउँदै राईले
यसको नियन्त्रण आवश्यक
रहेकोमा जोड दिए
।
धरानका विभिन्न वडामा डेंगुरोकको प्रकोप फैलिएपछि पूर्वाञ्चल क्याम्पसको पठनपाठन बन्द गरिएको छ । मानिसहरु रोगका कारण त्रसित बनेपछि उपमहानगरले समेत सचेतना र प्रकोप नियन्त्रणका लागि काम सुरू गरेको छ ।