१० मंसिर २०८१, सोमबार
आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र हस्पिटल फोर अड्भान्स्ड एण्ड मेडिसिन सर्जरी (ह्याम्स्)बीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ ।
कुमारी बैंकका नायब प्रमुख
कार्यकारी अधिकृत राजीव गिरी
र ह्याम्स्का अध्यक्ष
आर.एस. भण्डारीको
हस्ताक्षर भएको उक्त
सम्झौता–पत्र अनुसार
हस्पिटलका विभिन्न स्वास्थोपचार सेवा
शुल्कमा ग्राहकवर्गले कुमारी बैंकको डेबिट
तथा क्रेडिट कार्ड
मार्फत भुक्तानी गर्दा आकर्षक
छुट प्राप्त गर्न
सक्नेछन् ।