मुक्तिनाथ विकास बैंक र आइएमई पेबीच सम्झौता

होमल्याण्ड खबर

२०७६ असार ३ गते, मंगलवार ११:२० मा प्रकाशित

आइएमई पे र मुक्तिनाथ विकास बैंकबीच बैंकिङ साझेदार सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार मुक्तिनाथ विकास बैंक आइएमई पेको बैंकिङ साझेदार बनेको छ ।

यससँगै मुक्तिनाथ विकास बैंकका खातावाहक सेवाग्राहीले खाताको पैसा आइएमई डिजिटलमा रकमान्तर गर्न र आइएमई पे मार्फत् विभिन्न सेवाको भुक्तानी गर्न सक्नेछन् ।

सम्झौतापत्रमा आइएमई पेका प्रमुख कार्यकारी अधिकृत विकास नाहाटा र मुक्तिनाथ विकास बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङले हस्ताक्षर गरे ।