१० मंसिर २०८१, सोमबार
लक्ष्मी बैंकले नवलपरासीको भूमहि र जिमिरेभारमा नयाँ शाखा खोलेको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा १ सय ७ औं र १ सय ८ औं शाखा सञ्चालनमा ल्याएकोे हो ।
नयाँ शाखामार्फत् बैंकले ग्राहकहरुको सम्पूर्ण वित्तीय आवश्यकता पुरा गर्ने तथा साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको जनाएको छ ।