९ मंसिर २०८१, आईतवार
जनता बैंक नेपाल लिमिटेडले कारोवार विस्तारको क्रममा २ शाखा र ५ शाखा रहित बैकिङबाट कारोवार सुरु गरेको छ ।
बैंकले चैतयता बाराको सिमरौनगढ शाखा र पोखराको बुढी बजार शाखाबाट कारोवार सुरु गरेको हो । बैंकले कैलाली जिल्लाको गौरीगंगा न।पा। ६, बनवेहडा, जानकी न।पा। १, दुर्गौली र गोदावरी न।पा। ८, स्याउले बजार तथा दाङ जिल्लाको राप्तीगा।पा। ४, मौरीघाट र लमही न।पा। ३, फलकापुर गरी पाँच स्थानबाट शाखा रहित बैंकिङ सेवा समेत सुरु गरेको छ । यो सगै बैंकले देशभरी ९८ शाखा संजाल, ३१ शाखा रहित बैंकिङ, ३ सीमित बैंकिङ ईकाइ, ३ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।