९ मंसिर २०८१, आईतवार
ओम डेभलपमेन्ट बैंकले काठमाडौंमा ३ वटा नयाँ शाखाहरुको उद्धघाटन गरेको छ । फरक फरक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले काठमाडौंको गोंगबु, बानेश्वर र ललितपूरको सात दोबाटो शाखाको मंगलवार विधिवत उद्घाटन गरेका छन् ।
कार्यक्रममा बैंकले सुमेरु सामुदायिक अस्पताल र मानव सेवा आश्रमलाई ह्विल चेयरहरु वितरण गरेको छ । बैंकले फाल्गुन मसान्तसम्म १८ अर्ब १५ करोड निक्षेप संकलन, १६ अर्ब ३२ करोड कर्जा लगानी गरेको छ । शाखा संख्या ५२, कर्मचारी संख्या ३ सय ९९, ग्राहक संख्या करिब २ लाख ३१ हजार, एटिएम संख्या ११ रहेको र ग्राहकहरुलाई निशुल्क सि–आश्वा सेवा प्रदान गरिरहेको बैंकको दाबी छ ।