१० मंसिर २०८१, सोमबार
सिद्धार्थ बैंकले स्वदेशमै उच्च
शिक्षा हासिल गरी उद्यमी
बन्न चाहने, न्यून
आर्थिक अवस्था भएका, सीमान्तकृत
तथा विपन्न वर्गका
विद्यार्थीहरुलाई लक्षित गर्दै सिद्घार्थ
उच्च र प्राविधिक
तथा व्यवसायिक शिक्षा
कर्जा ल्याएको छ
।
कर्जा कार्यान्वयनको लागि
सिद्घार्थ बैंक र
कलेज अफ अप्लाइड
फूड एण्ड डेरि
टेक्नोलोजि (क्याफोडाट) कलेज बीच
बैंकिङ सम्झौता भएको छ
। सम्झौता अनुसार
कलेजमा फूड तथा
डेरि टेक्नोलोजीमा स्नातक
तथा स्नातकोत्तर गर्न
चाहने विद्यार्थीहरुलाई बैंकले
कुनै अन्य शुल्क
नलाग्ने गरी आधार
दरमा दुई प्रतिशत
मात्र प्रिमियम जोडि
हुन आउने व्याज
दरमा शैक्षिक कर्जा
प्रवाह गरिनेछ ।
व्याज दरमा नेपाल राष्ट्र बैंकद्वारा पाँच प्रतिशत सहुलियत प्रदान गरिनेछ । बैंकले उच्च शिक्षा हासिल गर्दै स्वदेशमै शिक्षा तथा रोजगारीमा प्रोत्साहन गर्न यस्तो प्रकारको कर्जा सुविधा सिद्घार्थ बैंकको सम्पूर्ण शाखा मार्फत उपलव्ध गराउने जनाएको हो ।