१० मंसिर २०८१, सोमबार
सिभिल बैंकले दाङको लालमटीयामा शाखा सञ्चालनमा ल्याएको छ । शाखाको उद्घाटन राप्ती गाउँपालिकाका अध्यक्ष नुमा नन्द सुवेदीले गरे ।
उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंक प्रदेश नं. ५ का प्रदेश प्रमुख किरण धमला, सो क्षेत्रका राजनैतिक व्यक्तित्व, उद्योगी, व्यवसायी, तथा सर्वसाधरणको उपस्थिति रहेको थियो । लालमटीया शाखासहित सिभिल बैंकको कुल शाखा संख्या ८३ पुगेको छ ।