१० मंसिर २०८१, सोमबार
नबिल बैंक तथा लायन्स मल्टिपल डिस्ट्रिकबीच लायन्स सदस्यहरुलाई नबिल भिषा क्रेडिट कार्ड उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौतासँगै अब नेपालका लायन्स सदस्यले नबिल बैंक मार्फत सहजै क्रेडिट कार्ड लिन सक्नेछन् । साथै हरेक कार्ड बापत लायन्स क्लबको सामाजिक कार्यमा नबिल बैंकको सहकार्य रहने छ ।
कार्यक्रममा नबिल बैंकका नायब महाप्रन्धक बिनय कुमार रेग्मीले यस सहकार्यले लायन्स क्लब सदस्य मात्र नभई सामाजिक कार्यमा समेत उलेख्य भूमिका रहनेमाा बिस्वस्त रहेको जानकारी दिए । साथै लायन्स मल्टिपल डिस्ट्रिकका तर्फबाट चेयरपर्सन डीआर खनालले सम्झौताको सराहना गर्दै नबिल बैंकलाई धन्यवाद दिनुका साथै यसको फाइदा लिन सम्पूर्ण लायन्स सदस्यलाई आग्रह गरे ।
कार्यक्रममा लायन्स क्लब २०१८ र ०१९ का चारै डिस्ट्रिकका गवर्नर सुनिल ओझा, सुदर्शन धर प्रधानाङ्ग, अशोक श्रेष्ठ र अनन्त भेट्वालको उपस्तिथी रहेको थियो ।