१० मंसिर २०८१, सोमबार
आधुनिक बैंकिङ्ग र लघु बैंकिङ्ग सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले एकैसाथ ६ वटा शाखा विस्तार गरेको छ ।
बैंकले काठमाडौं जिल्लाको टोखा तथा कीर्तिपुर, ललितपुर जिल्लाको बाडेगाउँ तथा इमाडोल, गोरखा जिल्लाको गोरखा, गुल्मी जिल्लाको तम्घास गरी आफ्ना छ शाखा कार्यालय विस्तार गरेको छ । यीसँगै मुक्तिनाथ विकास बैंकले देशैभरी ११९ वटा शाखा संचालनमा ल्याएको छ ।