१४ मंसिर २०८१, शुक्रबार
भारतबाट तरकारी तथा फलफूल पैठारी गर्दा विषादी परीक्षण नगर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत नेपाल) र नारायणयप्रसाद दुवाडीले आज सरकारको सो निर्णयविरुद्ध उत्प्रेषणात्मक परमादेशको माग गर्दै रिट दायर गरेका हुन् ।
सो रिटको बुधबार (भोलि) का लागि पेशी तोकिएको निवेदक अधिवक्ता नेपालले जानकारी दिए । नेपालमा पैठारी गरिने फलफूल, तरकारी तथा अन्य विषादीयुक्त खाद्य पदार्थको दुष्प्रभावका कारण तत्कालै जनस्वास्थ्यमा गम्भीर असर पर्ने र गर्भवती महिला तथा गर्भको भ्रुणमा समेत गम्भीर असर पर्ने रिटमा जिकिर गरिएको छ ।
“यसले निम्त्याउने दुष्परिणाम भयावह
भई कुनै पनि
प्रकारका उपचार पर्याप्त नभई
प्रभावहीन हुने भएकोले
ताजा तरकारी तथा
फलफूल पैठारी गर्दा
सम्बन्धित भन्सार विन्दु क्वारेन्टाइन
र जीवनाशक विषादीको
अवशेष परीक्षण अनिवार्य
रुपमा गरेर मात्र
पैठारी गर्ने व्यवस्था तुरुन्त
गरी सारा नेपालीको
स्वास्थ्य सम्बन्धी हक बहालीको
लागि गर्नुपर्ने सम्पूर्ण
कार्य गर्नु भनी
विपक्षीको नाममा आदेश जारी
गरी पाउँ,” रिटमा
माग गरिएको छ
।
सरकारले आफैँ निकासी–पैठारी आदेश संशोधन
गरेर ताजा तरकारी
तथा फलफूल आयात
गरिँदा भन्सार बिन्दुमा क्वारेन्टाइन
र जीवनाशक विषादीको
अवशेष परीक्षण अनिवार्य
गर्नुपर्ने व्यवस्था गरेको थियो
। ०७६ असार
३ देखि कार्यन्वयनमा
आएको उक्त व्यवस्थापछि
भारतबाट नेपाल भित्र्याउन लागिएको
तरकारी तथा फलफूल
बोकेका ट्रक तथा
कन्टेनरहरुको भन्सार जाँच पास
रोकिएको थियो ।
तर, त्यसको १२
औं दिनमा भन्सार
बिन्दुमा क्वारेन्टाईन र जीवनाशक
विषादीको अवशेष अनिवार्य परीक्षण
गर्ने आफ्नो निर्णयबाट
सरकार पछि हटेको
थियो ।