२८ फाल्गुन २०८२, बिहीबार
मोरङको पथरीशनिश्चरे–८ मङ्गलबारेस्थित वैद्यनाथ गुप्ताको घरमा आज बिहान आगलागी हुँदा करिब ८० लाख बराबरको क्षती भएको छ ।
प्रहरीका अनुसार बिहीबार बिहान २ बजे भएको आगलागीबाट पाँच कोठे पक्की घर जलेर नष्ट हुनुका साथै घरमा रहेको होलसेल किराना पसलसमेत जलेर नष्ट हुँदा करिब ८० लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।


झापाको दमक र मोरङको सुन्दरहैचा नगरपालिकाको बारुणयन्त्र, नेपाल प्रहरी र सशस्त्र प्रहरी, स्थानीयवासीको सहयोगमा बिहान ४ः३० बजे आगो नियन्त्रणमा लिइएको थियो ।
आगलागीको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।