९ मंसिर २०८१, आईतवार
बुद्ध एयरले काठमाडौं सुर्खेत सिधा उडान पुन सञ्चालन गर्ने निर्णय गरेको छ ।
काठमाडौं र कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई जोड्नका लागि नयाँ वर्ष (०७५ वैशाख १) बाट काठमाडौं सुर्खेतैं उडान सुरु गर्न लागिएको बुद्ध एयरले बताएको छ ।
उडान सञ्चालनका लागि बुद्ध एयरले नेपाल नागरिक उड्डयन प्राधिकरण समक्ष निवेदन दिने तयारीमा छ । १८ सिट क्षमताको बीच १९०० डी जहाजले दैनिक उडान भर्ने जनाइएको छ । काठमाडौं सुर्खेतका लागि नागरिक उड्डयन प्राधिकरणले एकतर्फी भाडा ११,४१९ राखेको छ । तर, बुद्ध एयरले भने एकतर्फी ९ वटा सिटका लागि ८ हजार ५०० र बाँकी सिटको १० हजार ५०० राखेको छ ।
कर्णाली प्रदेशको लागि मध्ये नजर राख्दै सरकारको पहलमा काठमाडौंबाट सुर्खेतका लागि नेपाल एयरलाइन्सले पनि उडान गर्ने तयारी गरि रहेको छ ।
बुद्ध एयरले २०६९ पुसदेखि २०७० असारसम्म काठमाडौं सुर्खेत उडान सुरु गरेता पनि पर्याप्त यात्रु नहुँदा आर्थिक भार परेको भन्दै उडान रोकिएको थियो ।