१० मंसिर २०८१, सोमबार
विश्व बैंकले नेपाललाई १ सय मिलियन अमेरिकी डलर ऋण प्रदान गरेको छ । शुक्रबार एक कार्यक्रमबीच विश्व बैंक समूहले नेपाललाई करिब ११ अर्ब रुपैयाँ बराबरको सहलियतपूर्ण ऋण प्रदान गरेको हो ।
सहुलियतपूर्ण ऋण स्वीकार गर्नेसम्बन्धी सम्झौतामा राजस्व सचिव लाल शंकर घिमिरे र विश्व बैंकका देशीय व्यवस्थापक फारिस एच हाडाड–जेर्भोसले हस्ताक्ष गरे । विश्व बैंकले सो सहयोग नेपालको वित्तीय संघीयता कार्यान्वयन थप सुदृढ पार्न तथा सार्वजनिक वित्त व्यवस्थापनमा सघाउ पुर्याउन गरेको जनाएको छ ।
ऋण सहयोग स्वीकार गर्दै राजस्ज सचिव घिमिरेले समन्वयन र क्षमता नेपालको तीनखम्बे अर्थनीतिको एउटा जग भएको बताउँदै उनले सहयोगको जवाफदेशी बन्न सरकार आफ्नो उत्तरदायित्वअनुसार विकास निर्माणमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै विश्व बैंकका नेपाल प्रतिनिधि फारिसले नेपालको वित्तिय संघीयताको उचित व्यवस्थापनका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । विश्व बैंकले यस अघि पनि नेपालको वित्तिय संघीयताको संरचना निर्माणका लागि करिव २० अर्ब सहायता उपलब्ध गराएको छ ।