सुनचाँदीको मूल्य तोलाको साढे ६५ हजार

होमल्याण्ड खबर

२०७६ श्रावण ३ गते, शुक्रबार ११:०३ मा प्रकाशित

आज सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनमा आज सुन ५ सय र चाँदी ५ रुपयाँले बढेको छ ।

बजारमा आज छापावाला सुन प्रतितोला ६५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ६५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, चाँदी प्रतितोला ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।