९ मंसिर २०८१, आईतवार
एक साता देखि सुनको भाउ प्रतितोला एक हजार तीन सय रुपैयाँले बढेको छ । बढेको यो मूल्य पछिल्लो साढे चार वर्ष यताकै उच्च हो । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ५८ हजार ५ सय रुपैयाँ पुगेको छ ।
महासंघका अनुसार अघिल्लो साता सोमबार छापावाल सुनको मूल्य ५७ हजार दुई सय रुपैयाँ थियो । मंगलबार ५७ हजार पाँच सय रुपैयाँ पुगेर बुधबार फेरि ५७ हजार चार सय रुपैयाँमा झरेको थियो ।
त्यसयता सुनको मूल्य दैनिक रुपमा बढेको छ । बिहीबार ५७ हजार नौ सय र शुक्रबार ५८ हजार तीन सय रुपैयाँ पुग्यो । सोमबार भने आइतबारकै मूल्य कायम भएको छ ।
तेजाबी सुनको मूल्य पनि छापावाल सुनकै भाउमा उकालो लागेको छ । यो सुन पनि पछिल्लो एक सातामा एक हजार तीन सय रुपैयाँ प्रतितोलाकै दरमा वृद्धि भएको छ । अघिल्लो साताको सोमबार ५६ हजार नौ सय रुपैयाँ प्रतितोला रहेको तेजाबी सुनको मूल्य आज ५८ हजार दुई सय रुपैयाँ पुगेको छ । यसअघि २०७० सालमा सुनको मूल्यले सर्वा्धिक उचाई चुमेको थियो । भदौ ०७० मा सुनको भाउ ६३ हजार तीन सय रुपैयाँ पुगेको थियो । त्यसयता माघ ०७२ मा सुनको भाउ प्रतितोला ५५ हजार पाँच सय रुपैयाँ पुगेको थियो ।