१० मंसिर २०८१, सोमबार
एनएमबि बैंकले नयाँ कर्पोरेट अभियान सुरु गरेको छ । बैंकले ‘हामी देख्छौ अपार सम्भावना’को अवधारणासहित आम सर्वसाधारणलाई सफल तुल्याउन सहयोग गर्ने अभियान सुरु गरेको हो । दिगोपन र मूल्यमा आधारित बैंकिङका लागि आफ्ना मूल्य मान्यतालाई प्रस्तुत गर्ने प्राथमिकताका क्षेत्रहरूमा जोड दिँदै बैंकले आफूलाई फरक बैंकको रूपमा प्रस्तुत गर्दै आएको दाबी गरेको छ ।
‘हामी देख्छौ अपार सम्भावना’ अवधारणाले कसैले प्रयास गरेमा अरुले सामान्य आँखाले स्पष्ट देख्न नसक्ने सतहभन्दा टाढाका अवसर देख्न सक्ने प्रयासलाई बिम्वित गर्ने बैंकको दाबी छ । यसले आत्मविश्वासको भावना उत्पन्न गर्ने प्रयास गर्छ र यसैमार्फत् बैंकले मुलुकको असीमित स्रोतसाधनको उपयोग गर्नमा सहायता गर्ने जनाएको छ ।
बैंकले भनेको छ, “यो
अभियान ‘हामी देख्छौ
अपार सम्भावना’ को
मर्म भविष्यको लागि
हाम्रो दुरदृष्टिमा केन्द्रित छ
भने यसको व्यवसायिक
मूल्य मान्यताको अन्तरंगबाट
सिर्जित भएको छ
। एनएमबिसँग प्राप्त
अवसरलाई सशक्त बनाउने र
जे साधारण देखिन्छ
त्यस भन्दा अगाडी
देख्ने ऐतिहासिक सामथ्र्य रहँदै
आएकोछ । हामी
दृष्टिगोचर भन्दा अगाडी देख्नमा
विश्वास राख्दछौं र त्यो
नै हाम्रो सफलताको
लागि उत्प्रेरक बन्ने
गरेको छ । यो अभियानले
हामी सबै नेपालीहरुका
लागि नेपालमा प्रशस्त
अवसरहरु छन् र
एनएमबि ती अवसरलाई
सफलतामा परिणत गराउनका लागि
सहायता गर्न तत्पर
छ भनी सम्पूर्ण
सरोकारवालालाई आश्वस्त तुल्याउन चाहन्छौं
।”