एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान सुरु

होमल्याण्ड खबर

२०७६ श्रावण ७ गते, मंगलवार १२:५७ मा प्रकाशित

एनएमबि बैंकले नयाँ कर्पोरेट अभियान सुरु गरेको छ । बैंकले ‘हामी देख्छौ अपार सम्भावना’को अवधारणासहित आम सर्वसाधारणलाई सफल तुल्याउन सहयोग गर्ने अभियान सुरु गरेको हो । दिगोपन र मूल्यमा आधारित बैंकिङका लागि आफ्ना मूल्य मान्यतालाई प्रस्तुत गर्ने प्राथमिकताका क्षेत्रहरूमा जोड दिँदै बैंकले आफूलाई फरक बैंकको रूपमा प्रस्तुत गर्दै आएको दाबी गरेको छ ।

‘हामी देख्छौ अपार सम्भावना’ अवधारणाले कसैले प्रयास गरेमा अरुले सामान्य आँखाले स्पष्ट देख्न नसक्ने सतहभन्दा टाढाका अवसर देख्न सक्ने प्रयासलाई बिम्वित गर्ने बैंकको दाबी छ । यसले आत्मविश्वासको भावना उत्पन्न गर्ने प्रयास गर्छ र यसैमार्फत् बैंकले मुलुकको असीमित स्रोतसाधनको उपयोग गर्नमा सहायता गर्ने जनाएको छ ।

बैंकले भनेको छ, “यो अभियान ‘हामी देख्छौ अपार सम्भावना’ को मर्म भविष्यको लागि हाम्रो दुरदृष्टिमा केन्द्रित छ भने यसको व्यवसायिक मूल्य मान्यताको अन्तरंगबाट सिर्जित भएको छ । एनएमबिसँग प्राप्त अवसरलाई सशक्त बनाउने र जे साधारण देखिन्छ त्यस भन्दा अगाडी देख्ने ऐतिहासिक सामथ्र्य रहँदै आएकोछ । हामी दृष्टिगोचर भन्दा अगाडी देख्नमा विश्वास राख्दछौं र त्यो नै हाम्रो सफलताको लागि उत्प्रेरक बन्ने गरेको छ । यो अभियानले हामी सबै नेपालीहरुका लागि नेपालमा प्रशस्त अवसरहरु छन् र एनएमबि ती अवसरलाई सफलतामा परिणत गराउनका लागि सहायता गर्न तत्पर छ भनी सम्पूर्ण सरोकारवालालाई आश्वस्त तुल्याउन चाहन्छौं ।”