रामेछापको साँघुटारमा आगलागी, चार घर जले

होमल्याण्ड खबर

२०७६ श्रावण ९ गते, बिहीबार १२:४२ मा प्रकाशित

रामेछाप जिल्लाको रामेछाप नगरपालिका–३, साँघुटार बजारमा आज बिहान आगलागीमा ४ घर जलेर नष्ट भएका छन् । आगलागीमा परी अंकित श्रेष्ठ, राजन सुवेदी, अनिष थापा र हरिमाया थापाको घर आगलागीमा परि नष्ट भएका हुन् ।

आगो नियन्त्रण लिन स्थानीय र प्रहरीलाई करिब ३ घण्टा लागेको थियो । आज बिहान करिब ८ बजे लागेको आगो ११ बजेपछि नियन्त्रणमा लिइएको थियो ।

विद्युत शर्ट भएर आगलागी भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । गोदाममा ग्यास तथा पेट्रोल र डिजेलसमेत रहेकोले आगो केही बेरमै फैलिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका एक अधिकारीले क्षतिबारे अनुसन्धान भइरहेको जानकारी दिए ।