९ मंसिर २०८१, आईतवार
धोबीखोला करिडोर बन्न थालेको करिब दुई दशक पुरा भयो । सरकारले अहिलेसम्म १ अर्ब ५६ करोड रकम खर्चिसकेको छ र पनि दुई किलोमिटर सडक सम्म निर्माण भएको छैन ।
करिडोर निर्माणको जिम्मा पाएका दुई निकाय धोबीखोला करिडोर सुधार आयोजना र अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति एक अर्कालाई दोष दिन ब्यस्त छन् । सरकारले आर्थिक वर्ष २०५६ र ५७ देखि नै बाग्मती(धोबीखोला दोभानदेखि चाबहिलको ओम अस्पतालसम्म ६ किमी लामो धोबीखोला करिडोर निर्माण गर्ने योजनामा काम गर्दै आएको छ ।
सुरुमा करिडोर निर्माणको जिम्मा काठमाडौं महानगरपालिकाले पाएको थियो । तर, काम अघि बढाउन नसकेको भन्दै आर्थिक वर्ष २०६६ र ६७ मा यो करिडोर निर्माणको जिम्मा काठमाडौं उपत्यका विकास प्राधिकरणलाई दिइयो । तर, हाल सम्म प्राधिकरणले पनि काम अघि बढाउन सकेको छैन ।