१० मंसिर २०८१, सोमबार
पछिल्लाे समयकाे सस्ताे सुलभ र लाेकप्रिय सवारी साधन हाे माेटरसाइक । युवा होस वा पाको उमेर समूह, मोटरसाइकल सबैको रोजाइमा छन्।
नेपालमा बजाज, होण्डा, सुजुकी, टिभिएस, यामाहा, हिरो लगायत कम्पनीका दुई पाङ्ग्रे सवारी साधन लोकप्रिय छन्। यी कम्पनीहरुले अफ्नो लोकप्रियता घट्न नदिन ग्राहकको माग अनुसार सस्तो मूल्यमा विभिन्न मोडलका मोटरसाइकल बजारमा ल्याइरहने गरेका छन्।
काठमाडौं, पोखरा, नारायणगढ, विराटनगर लगायत तराईका अधिकांश क्षेत्रमा मोटरसाइकल र स्कुटरको माग उच्च छ। सरकारले मास ट्रान्सपोर्टेसनको कुरा गरे पनि त्यसको राम्रो व्यवस्थापन नहुँदा दिनानुदिन दुई पाङ्ग्रे सवारी सवारी साधनको माग बढ्दो छ।
त्यस्तै सवारी जामको समस्याले पनि दैनिक कामकाजी व्यक्तिलाई दुई पाङ्ग्रे सवारी सहज बनेको छ। सवारी साधन उत्पादक कम्पनीहरुले थोरै आय हुनेहरुको लागि सस्तो मूल्यका मोटरसाइकल र स्कुटर बजारमा ल्याएका छन्।
तपाईं मोटरसाइकल किन्ने तयारीमा हुनुहुन्छ ? यदी त्यस्ताे हाे भने यी हुन् नेपालमा पाइने २ लाख भन्दा सस्ता मोटरसाइकल तथा स्कुटर :