माछापुच्छ्रे बैंक र ह्याम्स तथा सुमेरु अस्पतालबीच सम्झौता

होमल्याण्ड खबर

२०७६ श्रावण १७ गते, शुक्रबार १६:५२ मा प्रकाशित

माछापुच्छ्रे बैंकलिमिटेर र काठमाण्डौँको धुम्बाराहीस्थित ह्याम्स अस्पताल एंव सुमेरू ग्रुप अन्तर्गत सञ्‍चालित सुमेरु अस्पताल, सुमेरु सिटी अस्पताल तथा बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्ष रभएको छ । 

सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले सुमेरू अस्पता लतथा सुमेरु सिटी अस्पताल र ह्याम्स अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा १०% सम्मको छुट प्राप्त गर्नेछन् । उक्त छुट माछापुच्छ्रे बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड एंव ग्राहक कार्ड लिएका ग्राहक तथा बैंककाकर्मचारीरुहरुले प्राप्त गर्नेछन् । 

बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै विभिन्न अस्पताल तथा संघसंस्थाहरुसंग विभिन्नप्रकारका सेवाउपभोगमा छुट प्रदानगर्ने सम्बन्धमा सम्झौतापत्रमा हस्ताक्षर गर्दै आएको छ ।