९ मंसिर २०८१, आईतवार
स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २ करोड ४० लाख रुपैंया वरावरको २ लाख ४० हजार कित्ता साधारण सेयर (कर्मचारीहरु समेत) निष्काशन गर्ने भएको छ । यसको लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।
यस सार्वजनिक निष्काशन पश्चात वित्तीय संस्थाको चुक्ता पूँजी रु. ८ करोड हुनेछ । हाल वित्तिय संस्थाले १० वटा जिल्लामा १५ वटा शाखा मार्फत करिब ६ हजार ५ सय सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।