ग्लोबल आइएमई बैंकका तीन नयाँ शाखा सञ्चालनमा

होमल्याण्ड खबर

२०७६ श्रावण २३ गते, बिहीबार १४:५२ मा प्रकाशित

ग्लोबल आइएमई बैंक लिमिटेडले तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले धनकुटा जिल्लाको धनकुटा नगरपालिका वडा नं. १, हिले बजार, सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका वडा नं. ६, नयाँ बजार र खोटाङ्ग जिल्लाको दिक्तेल रुपाकोट मजुवागढी नगरपालिका वडा नं. १, दिक्तेल बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

नयाँ ३ वटा शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १४० पुगेको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले हाल १४० शाखा, ३० वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १४८ एटिएम, १७९ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि तथासम्पर्क कार्यालय मार्फत आफ्ना ११ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।