कोका–कोलाद्वारा नेपालमा नयाँ आधुनिक प्रविधिको प्रयोग गरिएको जिग्री प्याक सार्वजनिक

होमल्याण्ड खबर

२०७६ श्रावण २६ गते, आईतवार १०:५२ मा प्रकाशित

कोका–कोलाले देशभरका ग्राहकहरुको लागि पेय पदार्थको अनुभव अझै विशेष बनाउन नयाँ २५० एमएल, हलुका तथा बोक्नलाई सहज प्याक सार्वजनिक गरेको छ ।  यो प्याक उपभोक्ता मैत्री भएकाले कोका–कोलाले यसलाई जिग्री प्याक भनेको विज्ञप्तिमार्फत जनाएको छ । जिग्री प्याकमा प्याकेजिङ उद्योगकौ सबैभन्दा नवीनतम प्रविधिको प्रयोग गरिएको छ । बोटलर्स नेपाल लिमिटेडले स्टेट अफ आर्ट प्रविधिमा लगानी गरे पश्चात नेपाल विश्वभरमै यस क्षमता हुने तेस्रो देश भएको छ ।

जिग्री प्याक उपभोक्तामैत्रीसँगै वातावरण मैत्री पनि छ, यो अल्ट्रा लाइट बोतल हो र अन्य पीईटी बोतलजस्तै यो रिसाइकल पनि हुन्छ । कोका–कोलाले हलुका, पुनःशिलबन्दी गर्न मिल्ने, लाइटवेट तथा नफुट्ने बोतल भएको पेय पदार्थ प्रदान गर्न यो प्रविधिको प्रयोग गरेको छ । साथै यसको विस्तारित आयु ६ महिनासम्म रहेको छ । 
उपभोक्ताहरुले अब आफुलाई मनपर्ने कोका–कोला, स्प्राईट तथा फान्टाको नयाँ जिग्री  प्याक जहाँ–जहाँ गएपनि चाहनाअनुसार जुनकुनै बेला आकर्षक मूल्यमा खरिद गरेर आनन्द उठाउँन सक्नेछन् ।

कम्पनीले आफ्नो नवीनतम क्याम्पेन पनि सार्वजनिक गरेको छ, जसलाई नेपालका निकै प्रतिभाशाली टोलीले यसको अवधारणा बनाएर अभिनय र निर्देशन गरेका छन् । युवा स्टारकास्टले आफ्नो मनपर्ने पेय पदार्थ नयाँ जिग्री प्याकसँग मज्जा उठाइरहेको यस क्याम्पनेमा प्रदर्शन गरिएको कम्पनीले जनाएको छ ।