१४ मंसिर २०८१, शुक्रबार
नेपालमा सुजुकीमोटर्सको आधिकारिक वितरक सिजि होल्डिङ्गसले इको भ्यानको सफलता पछि कार्गो भर्सन नेपाली बजारमा ल्याएको छ ।
इको कार्गोले एउटा व्यापारीका
आवश्यकताहरुलाई पूरा गर्ने
कम्पनीले जनाएको छ । यसमा भएको
ठूलो क्याविन स्पेस,
उच्चतम भारवहन क्षमता तथा
बढी स्थिरताको लागि
प्ल्याट वेडजस्ता विशेषताहरु यसमा
छन्, जसले गर्दा
ट्रान्जिटको बेला हुने
क्षतिलाई कम गर्न
मद्दत पुग्दछ ।
यसका साथै कारको जस्तै सिट भएको हुँदा चालकलाई गाडी चलाउन अझै सहज हुन्छ । भारवहन क्षमतालाई १.२ को इन्जिनद्वारा सञ्चालित गरी परीक्षण गर्दा सहजै ६२० केजी ढुवानी गरेको जनाइएको छ ।