बडिगाडमा प्रभु बैंकको शाखा

होमल्याण्ड खबर

२०७४ चैत्र १६ गते, शुक्रबार ०८:५४ मा प्रकाशित

संघीय संरचनाबमोजिम गठित विभिन्न स्थानीयतहमा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ बैंकले बागलुङ जिल्लाको वडिगाड गाउँपालिकामा शाखा कार्यालयल सञ्चालनमा ल्याएको छ ।
बागलुङ जिल्लाको वडिगाड गाउँपालिका वडा नं. ५ स्थित रहेकोे शाखा वडिगाड गाउँपालिकाका अध्यक्षले उद्घाटन गरेका छन् ।
बैंकको वडिगाड शाखा कार्यालयबाट त्यहाँका स्थानीयतहका सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवाउपभोग गरी लाभान्वित हुने र गाउँपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ