१४ मंसिर २०८१, शुक्रबार
सार्वजनिक यातायातलाई व्यवस्थित गर्न जीपीएस (ग्लोबल पोजिसनिङ सिस्टम) प्रणालीको तयारी थालेको वर्षौं बित्यो तर अहिलेसम्म कार्यान्वयन हुन नसकेको समाचार आजको गोरखापत्रको अर्थ बजारले क पृष्ठमा छापेको छ ।
समाचारमा लेखिएको छ, यातायात व्यवस्था विभागले जीपीएस लागू गर्ने भन्दै कन्सल्टेन्टमार्फत अध्ययन गरिसकेको छ तर कार्यान्वयन गर्न सकिरहेको छैन ।
गत आर्थिक वर्षभित्रै जीपीएस प्रणाली लागू गर्ने तयारी थालेको विभागले अहिले खासै चासो दिएको छैन् ।
जीपीएस प्रणालीका बारेमा हालसालै कन्सल्टेन्टले प्रतिवेदन दिएको र सो प्रतिवेदनअध्ययनपछि कार्यान्वयन गर्ने विभागले जनाएको छ ।