जनता बैंकका नयाँ ८ शाखा

होमल्याण्ड खबर

२०७४ चैत्र १६ गते, शुक्रबार १०:०८ मा प्रकाशित

जनता बैंकले २ दिनमा ८ वटा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले पाल्पा, कैलाली, स्याङ्जा, काठमाडौं, ललितपुर, रुपन्देही, नवलपरासी र बर्दियामा शाखा खोलेको हो ।
बैंकले रामपुर नगरपालिका ५ पाल्पा, टिकापुर नगरपालिका १ कैलाली र वालिङ नगरपालिका १ स्याङ्जामा चैत १५ गतेदेखि संचालनमा ल्याएको हो । यस्तै काठमाडौं महाराजगंज, ललितपुर ग्वार्को, रुपन्देही तिलोतमा नगरपालिका १, नवलपरासी बिनयीत्रिवेण गाउँपालिकाका १ र बर्दिया ठकुरीबाबा नगरपालिका १ मा चैत १६ गतेदेखि संचालनमा ल्याएको हो ।
बैंकको ५३ अर्ब २४ करोड रुपैयाँ निक्षेप र ४९ अर्ब ८२ करोड रुपैयाँ कर्जा कारोवार रहेको छ । बैंकको चुक्ता पुँजी ८ अर्ब ७ लाख रुपैयाँ छ । बैंकले १०६ शाखा, ३३ शाखा रहित बैंकिङ, २ सीमित बैंकिङ ईकाइ, ३ एक्सटेन्सन काउन्टर र ६९ एटीएमबाट सेवा प्रदान गरिरहेको छ ।