९ मंसिर २०८१, आईतवार
नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्नो ८२ औं शाखा काठमाडौं–४, बालुवाटारमा विस्तार गरेको छ । नयाँ शाखा स्थानीय माग पूरा गर्नेगरि लकर सुविधा सहितका पूर्ण शाखाका रूपमा सञ्चालित हुने बैंकले जनाएको छ । बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले बैंक सञ्चालक समितिका सदस्यहरूका साथै बैंकका वरिष्ठ अधिकारीहरू र स्थानीय सहयोगीहरूका बीचमा शाखाको उद्घाटन गरेका हुन् ।
काठमाडौं उपत्यकाभित्र २५ औं शाखाका रूपमा रहेको यो शाखा प्रधानमन्त्रीको निवास, नेपाल राष्ट्र बैंक र अन्य संस्थागत भवनहरू भएको स्थानमा अवस्थित छ । यस बैंकले यो विस्तारभन्दा अघि हालैमात्र जेबिल्स फाइनान्स लिमिटेडलाई प्राप्ति गरेको थियो र बैंकले यसअघिका ग्रामीण विस्तारसँगै यो शाखा थप भएपछि यसको कुशलतामा आधारित सञ्चालन अझ प्रभावकारी हुने दाबी गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकले ८२ शाखा, १२० एटीएम, १४ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५४ शाखारहित बैंकिङ काउन्टरमार्फत् आफ्ना ग्राहकलाई सेवा पुर्याउँदै आएको छ ।