१४ मंसिर २०८१, शुक्रबार
निगमले पहिलो पटक जापानको ओशाकास्थित कान्साई विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज अवतरण गर्ने भएको छ ।
त्रिभुवन विमानस्थलबाट झण्डै साढे ६ घण्टाको उडानमार्फत नेपाल एयरलाइन्सले वाइडबडी जहाज ए ३३०–२०० ले यो रुटमा उडान गर्नेछ ।
वाइडबडीको यो पहिलो लामो दूरीको उडान हुनेछ । जसमा एकतर्फी उडान समय नै साढे ६ घण्टाको हुने नेपाल एयरलाइन्सले जनाएको छ ।
निगमका अनुसार बुधबार राति २ः३० बजे हुने पहिलो उडानमा करिब ९० यात्रु सहभागी हुँदैछन् । यात्रु संख्या बेलुकासम्म तय हुनेछ ।
टोलीका नेतृत्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले गर्ने भएका छन् ।
पहिलो उडानमा मन्त्रालयका सहसचिव, निगम सञ्चालक समितिका सदस्यहरु र व्यापारिक साझेदारहरुलाई पाहुनाका रुपमा सहभागी गराइने बताइएको छ ।
निगमका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मध्यरातमा औपचारिक कार्यक्रम गरी टोलीलाई विदाई गरिने बताइएको छ । जापानबाट नेपाल आउने क्रममा पनि औपचारिक कार्यक्रम गरी पहिलो उडानका यात्रुहरुलाई स्वागत गरिनेछ ।