९ मंसिर २०८१, आईतवार
यातायात व्यवस्था विभागले निर्र्देिशका जारी गर्दै आजबाट देशैभरि सार्वजनिक यातायातको एकाधिकार वा आलोपालो प्रथा (सिन्डिकेट) हटाउने घोषण गरेको छ ।
आइतबार‘यातायात व्यवस्था कार्यविधी निर्दे्शिका’ जारी गर्दै सिन्डिकेटको अन्त्य गर्न लागिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । । विभागका अनुसार ‘समितिका नाममा यातायात व्यवसायीले दादागिरी गरि सिन्डिकेट कायम राखेका थिए । मयुर यातायातमार्फत हामीले यसलाई तोड्यौ । आजबाट निर्र्देिशका जारी गर्दै देशैभरिबाट सिन्डिकेटको अन्त्य गर्दैछौ।’ सर्वोच्च अदालतले सवारी यातायात क्षेत्रमा रहेको सिन्डिकेट खारेज गर्न निर्देशन दिईसकेको छ । कानुनी व्यवस्थाले सिन्डिकेट हटेपनि व्यवसायीका दादागिरीका कारण अहिले सम्म कायमै रहेको छ । सवारी ऐन अनुसार पञ्जीकरण नगरि सार्वजनिक सवारीसाधन सञ्चालन गर्न नपाइने व्यवस्था छ । पञ्जिकरण गर्नका लागि साझेदारी वा सहकारी फर्ममा कम्पनी दर्ता हुनुपर्छ । सार्वजनिक सवारीसाधनहरुको सञ्चालकको सम्वन्धनपत्र,नियमावली,कर्मचारी राखिएका भए उनीहरुको नियुक्तिपत्र पेश गर्नुपर्नेछ ।
कम्पनीको मोडलमा सार्वजनिक सवारी संचालनमा आए करको दायरामा पनि आउने विभागले जनाएको छ । अहिले देशभरिका २ लाख सवारीसाधन करको दायर बाहिर छन् । विभागले करको दायरामा ल्याउनका लागि पञ्जिकरण गर्न लागेको हो । विभागका अनुसार पञ्जिकरण गरेर कानुन बमोजिम सञ्चालन हुने कुनैपनि सार्वजनिक सवारीसाधनलाई रोक्न पाइनेछैन । प्रतिस्पर्धामा सार्वजनिक सवारी संचालन गर्न दिने व्यवस्था मिलाउन सबै सुरक्षा निकायलाई परिपत्र गरिएको विभागले जनाएको छ ।