एनआईसी एशिया बैंकले इलामको गोदकमा बैंकिङ शाखा विस्तार

होमल्याण्ड खबर

२०७४ चैत्र १८ गते, आईतवार ०९:४० मा प्रकाशित

एनआईसी एशिया बैंकले इलाममा शाखारहित बैकिङ सेवा विस्तार गरेको छ । बैंकले घट्टाबजार, गोदक, इलाममा शाखारहित बैंकिङ सेवा सुरु गरेको हो ।
इलाम नगरपालिका, वडा नम्बर १० का मानव अधिकार निगरानी समितीका अध्यक्ष चन्द्रमणि गौतमले शाखाको उद्घाटन गरेका छन्् । शाखाको प्रतिनिधिको रुपमा धर्ममणि गौतमलाई बैंकले नियुक्त गरेको छ ।
बैंकको १८७ शाखा, १९० एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर, ४ वटा ब्रान्चलेस बैंकिङ युनिट र कुल ५,००० भन्दा बढि रेमिट्यान्स पेमेन्ट एजेन्ट संचालनमा ल्याएका छन् ।